१० कार्तिक २०७८, बुधबार

एजेन्सी । आकाशगङ्गाभन्दा बाहिर कुनै ग्रह भएको सङ्केत गरिएको छ ।

पहिलो पटक खगोलशास्त्रीले हाम्रो आकाशगङ्गाभन्दा बाहिर कुनै ग्रह भएको फेला पारेका छन्।

शनिग्रहको आकारको उक्त सम्भावित ग्रह मेसीअर ५१ नामक आकाशगङ्गामा रहेको जनाइएको छ। नासाको ‘चन्द्र एक्सरे टेलिस्कोप’ले उक्त खगोलीय पिण्ड फेला पारेको बताइएको छ।

बीबीसीका अनुसार उक्त पिण्ड मिल्कीवेबाट २.८ करोड प्रकाशवर्ष टाढा अवस्थित छ।

खगोलपिण्डहरूको पारगमनका आधारमा उक्त पिण्ड ग्रह हुन सक्ने निष्कर्ष निकालिएको हो। पारगमनका बेला ताराअगाडि पुगेको ग्रहले ताराको प्रकाश छेकिदिन्छ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV