१० कार्तिक २०७८, बुधबार

एजेन्सी । वैज्ञानिकहरूले बाँदरमा मानव मस्तिष्कको जीन हालेर परीक्षण गरेका छन्।

मान्छेमा बुद्धि कसरी विकसित भयो भन्ने अध्ययन गर्नका लागि वैज्ञानिकहरूले बाँदरमा मानव मस्तिष्कको जीन हालेर परीक्षण गरेको जनाएको छ।

बीबीसीका अनुसार चीनको कुन्मिङ इन्स्टिट्युट अफ जूओलजी र चाइनिज अक्याडमी अफ साइन्सेजका अनुसन्धानकर्ताले अमेरिकाको युनिभर्सिटी अफ नोर्थ क्यारोलाइनाका वैज्ञानिकहरूसँग मिलेर यो अनुसन्धान थालेका हुन्।

मानव मस्तिष्कको जीन प्रत्यारोपण गरेपछि बाँदरहरू केही बुद्धिमान् भएको उनीहरूले दाबी गरेका छन्।

यस्ता खालका आनुवंशिक प्रयोग र परीक्षणप्रति नैतिक प्रश्न उठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV