१० कार्तिक २०७८, बुधबार

काठमाडौं । न्यायाधीशहरुको बहिस्कारकाबीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सुनुवाइ शुरु गर्नुभएकाे छ।

यतिबेला प्रधानन्याधीशको इजालसमा सुनुवाइ भइरहेको छ । बुधबारै न्यायाधीशहरुले पेसी बहिस्कार गरिरहँदा प्रधानन्यायाधीश जबराले आफू माात्रै रहनेगरी पूर्ण इजालस तोक्नुभएको थियो ।

उहाँको इजालसमा पहिलो मुद्धाको रुपमा लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती विरुद्धको अदालतको अवहेलनासम्बन्धी, सम्पत्ति शुद्धीकरणसम्बन्धी मधुकुमारी चौधरी विपक्षी रहेको मुद्दा, ज्ञानबहादुर जोगीको हकमा अम्बिका विश्वकर्माबाट दायर गरिएको बन्दी प्रत्यक्षीकरणको मुद्दा, जिल्ला अदालत कास्की विरुद्धको बन्दी प्रत्यक्षीकरणको मुद्दा र कालो बजार तथा अन्य केही सामाजिक अपराधसम्बन्धी कसुरमा नेपाल सरकार विपक्षी रहेको रोशन जैसवालले दायर गरेको मुद्दा रहेका छन् ।

उता बहिस्कार गर्ने न्यायाधीशहरुले भने प्रधानन्यायाधीश जबराको राजीनामा माग गरिरहेका छन् । उनीहरुले प्रधानन्यायाधीश जबराले तत्काल पदबाट राजीनामा दिएर मार्ग प्रसस्त गर्नुपर्ने माग राख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV