१० कार्तिक २०७८, बुधबार

काठमाडौं । तिहार शुरू हुन १ हप्ता बाँकी हुँदा दिदीबहिनीले आफ्ना दाजुभाइलाई टीका लगाएपछि दिने भाइमसलाको व्यापार ह्वात्तै बढेको छ ।

व्यापारीहरूका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष काजु, बदाम, पेस्ता, नरिवल, ओखर, छोकडालगायत मसलाको व्यापार करीब १० प्रतिशतले बढेको छ ।

अघिल्लो वर्षको तिहारमा कोरोना महामारीको त्रास धेरै भएकाले यसको व्यापार उल्लेख्य रूपमा हुन नसकेको खुद्रा व्यापारसंघका महासचिव अमुलकाजी तुलाधरले बताए । तर, यसपटक भने त्रास कम भएकाले भाइमसलाको व्यापार बढेको छ । यो खबर आजको आर्थिक अभियान दैनिकमा छापिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV