१० कार्तिक २०७८, बुधबार

काठमाडाैं । यातायात व्यवस्था विभागले कोभिड–१९ का कारण स्थगित गरेको नयाँ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को आवेदन खुला गरेको छ । ६ महिना अघिबाट महामारीको कारण देखाउँदै स्थगित स्मार्ट लाइसेन्सको परीक्षा नयाँ व्यवस्थाअनुसार हुने भएको हो ।

यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसालले आवेदन खुलाएको एकैदिनमा ९ लाखभन्दा बढीले आवेदनका लागि वेभसाइट आबद्ध भएको बताउनुभयो । उहाँका अनुसार लामो समय आवेदन रोकिएका कारण एकैपटक लाखौंले आवेदन दिन लागेका हुन् ।

सकेसम्म ट्रायल परीक्षालाई सहज बनाउने गरी विभागले काम गरिरहेको बताउँदै भुसालले आवेदन दिएकाहरुले धेरै समय कुर्न नपर्ने गरी व्यवस्थापन गर्न लागिएको बताउनुभयो । विभागले गत भदौ ३० गतेबाट देशभरका २१ वटा यायातात कार्यालयमार्फत दैनिक ५ हजार नयाँ चालकको ट्रायल परीक्षा लिँदै आएको छ । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV