१० कार्तिक २०७८, बुधबार

काठमाडौँ । भारतका पूर्व खेलाडी राहुल द्रभिडले राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि आवेदन दिएका छन् ।

द्रभिडले भारतीय टिमको मुख्य प्रशिक्षकका लागि आवेदन दिने मंगलबार अन्तिम दिन आवेदन दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

यसअघि भारतीय क्रिकेट कन्ट्रोल बोर्डले द्रविडलाई राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बन्न आग्रह गरेको र द्रभिडले बोर्डको अफर स्वीकार गरेको बताइएको थियो ।

भारतीय मिडियाका अनुसार द्रभिडलाई बार्षिक १० करोड पारिश्रमिकको अफर गरिएको उल्लेख गरेका छन् । यस अघि रवि शास्त्रीलाई ५.५ करोड पारिश्रमिक दिइएको थियो ।

हालका प्रशिक्षक रवि शास्त्रीको कार्यकाल आगामी साता सुरु हुने आइसीसी टी-२० विश्वकप पछि सकिँदै छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV