९ कार्तिक २०७८, मंगलवार

मोरङ । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकारले विकास निर्माणका क्षेत्रमा उल्लेखनीय कार्य गरेको बताएका छन् ।

एमालेको प्रथम विराटनगर नगर अधिवेशनको आज उद्घाटन गर्दै उनले तराई क्षेत्रमा रोकिएको हुलाकी राजमार्ग एमाले नेतृत्वको सरकारले पुनःनिर्माण सुरु गरेर यस क्षेत्रका जनताको मन जितेको बताए ।

लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका नेता पोखरेलले एमाले नेतृत्वको सरकारले चीनसँग जोड्ने उत्तर दक्षिण सातबटा सडक निर्माण कार्यलाई द्रूत गतिमा आगाडि बढाएको पनि बताए ।

प्रदेशसभा सदस्य यशोदा अधिकारी, नेकपा एमालेका केन्द्रीय सदस्य विनोद ढकाल, प्रदेश खेलकुद बोर्डका सदस्य सचिव पर्शुराम बस्नेत र नगर अध्यक्ष सागर थापाले एमाले नेतृत्वको सरकारले जनताको आर्थिक समृद्धि र व्यवस्थित विकास निर्माणमा उल्लेखनीय कार्य गरेको धारणा व्यक्त गरे ।

पार्टीको नगर सभापतिमा पर्शुराम बस्नेत र सागर थापाबीच प्रतिस्पर्धा हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV