९ कार्तिक २०७८, मंगलवार

काठमाडौं । दक्षिण अफ्रिकाले आईसीसी टी–२० विश्वकप क्रिकेटमा पहिलो जित निकालेको छ । दुबईमा मंगलबार (आज) भएको खेलमा साविक विजेता वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गर्दै दक्षिण अफ्रिकाले पहिलो जित निकालेको हो ।

वेस्ट इन्डिजले दिएको १ सय ४४ रनको लक्ष्य दक्षिण अफ्रिकाले १८ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्यो । दक्षिण अफ्रिकाको जितमा एडिन माक्र्रमले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेले, भने रस्सी भान डेर डुसेनले अविजित ४३ रन बनाए ।

त्यस्तै रिजा हेन्ड्रिक्सले ३९ रन जोड्दा कप्तान टेम्बा बाभुमा २ रनमा आउट भए । यता टस हारेर ब्याटिङको निम्तो पाएको वेष्ट इन्डिजले २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ४३ रन बनायो । वेष्ट इन्डिजले पहिलो विकेटका लागि ७३ रनको साझेदारी गरेको थियो । जसका लागि लेन्ड्ल सिमोन्सले १६ रन बनाए ।

त्यस्तै निकोलस पुरनले १२ रन बनाए । यता क्रिस गेलले पनि १२ रनको योगदान गरे । कप्तान कायरन पोलार्डले २६ रन बनाए भने आन्द्रे रसेलले ५ तथा सिमरन हिटमेयर मात्र एक रनमा आउट भए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV