९ कार्तिक २०७८, मंगलवार

एजेन्सी । चलचित्र ‘चुरिफुरी’को शिर्ष गीत सार्वजनिक भएको छ । शिर्ष गीत सार्वजनिक गरेर निर्माणपक्षले प्रचार सुरु गरेको जनाएको छ ।

सार्वजनिक गीतमा बेनिशा पौडेल र समिर आचार्यको स्वर, ऋषिराज आचार्य र दीपक शर्माको शब्द, दीपक शर्माकै संगीत रहेको छ ।

चलचित्रमा ऋषिराज आचार्यको कथा, पटकथा तथा निर्देशन छ, भने ऋषि र रिना ढकालको लगानी रहेको छ । यो चलचित्रलाई नविन निरौलाको सम्पादन गरेका छन् । यस्तै चलचित्रमा राहुल राइको छायांकन, भिमफेदी ग्रुपको कोरियोग्राफी छ ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु अभिषेक श्रेष्ठ, पुजा पन्त, राजिव जंग बस्नेत, रविन्द्र झा, शिशिर भण्डारी, सुवोध गौतम, दीपक आचार्य, सुरविर पण्डित, सोना बज्रचार्य लगायतले अभिनय गरेका छन्।

चलचित्रका निर्देशक ऋषिराजले सामाजिक कथावस्तुमा कमेडी शैलीमा चलचित्र निर्माण गरेको बताए । चलचित्रले मानिसले आफ्नो स्तर भन्दा बढी नै चुरिफुरी गर्ने गरेको र त्यसले उसलाई कुन नतिजामा पुर्याउँछ भन्ने बिषयमा बोल्ने निर्देशकको भनाई छ ।

चलचित्र पौष ९ गतेबाट रिलिज हुने जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV