९ कार्तिक २०७८, मंगलवार

काठमाडौँ । वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता सातदोबाटो स्थित टेनिस कम्प्लेक्समा शुरु भएको छ । गणेशमान सिंह फाउन्डेशन र वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित टेनिस प्रतियोगिता आजदेखि सुरु भएको हो ।

८ दिनसम्म चल्ने उक्त प्रतियोगिताको नेपाली कॉंग्रेसका प्रभावशाली नेता एब गणेशमान सिंह फाउन्डेसनका अध्यक्ष प्रकाश मान सिंहले उदघाटन गर्नुभयो ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रकाशमान सिंहले समारोहलाई सम्बोधन गर्दै नेपाली राजनीतिका राजनेता एबं लौह पुरुष गणेसमान सिंहले प्रजातान्त्रिक आन्दोलनमा गर्नु भएको योगदानलाई सदैव स्मरण गर्न बिभिन्न खेलकुदका कार्यक्रमहरु संचालन गर्दै आईरहेको बताउनुभएको थियो ।

उदघाटनको अवसरमा वीर गणेशमान सिह स्पोर्ट्स कमिटीका संयोजक सन्जीव तुलाधरले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने नेपाल टेनिस संघका महासचिव मनोहर दाश मुल र नागार्जुन नगरपालिका मेयर मोहन बहादुर बस्नेतले शुभकामना मन्तव्य दिनु भयो ।

खेलाडीहरुको तर्फबाट प्रकास खड्का, सलोनि तामाडग र निर्णायकको तर्फ बट सन्तोष खत्रीले शपथ ग्रहण लिनु भएको थियो ।

सिनियर र जुनियर तर्फ महिला र पूरूषमा विभिन्न २३ ईभेन्टमा करिव २२५ खेलाडीहरुले भाग लिई रहेका छन् ।

बिजयी खेलाडी हरुलाई कूल ७ लाख २५ हजार नगद पुरस्कार प्रदान गरिने प्रतियोगिताको संयोजकमा भास्करमान सिंह रहनु भएको छ ।

प्रतियोगिता अन्तर्गत आज पूरुष डबल्स, छात्र रछात्रा जुनियर सिंगल,पूरुष ४५ र ६५ वर्ष उमेर समुहका पहिलो चरणका खेलहरु संचालन भएका छन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV