
काठमाडौँ । गृह मन्त्री बालकृष्ण खाणले जातीय विभेदलाई यही पुस्ताले सदाको लागि अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।
कात्तिक ७ र ८ गते काठमाडौंमा भएको दलित अधिकार सुनिश्चितताको लागि जनप्रतिनिधिको भूमिका विषयक दुई दिने दोस्रो राष्ट्रिय सम्मेलनले पारित गरेको १५ बुँदे घोषणापत्र बुझाउन गृहमन्त्रालय पुगेका दलित समुदायका नेता तथा जनप्रतिनिधिलाई सम्बोधन गर्दै उहाँले सो बताउनुभएको हो ।
उहाँले नेपालमा जातीय विभेद गर्न नपाउने भनि संविधानमा स्पष्ट प्रावधान रहेको उल्लेख गर्दै सो प्रावधानलाई पालना गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
मन्त्री खाणले आगामी पुस्ताले जातीय विभेदको विषयमा समय खर्च गर्नु नपरोस् भन्ने सबैको मानसिकता रहेको उल्लेख गर्नुभएको छ ।
हाम्रो दिमागमा रहेको यो जातिय विभेदलाई कसरी सदाको लागि अन्त्य गर्ने, कमसेकम हाम्रै पालामा त्यो सकियो भने धेरै ठूलो उपलब्धि हुन्छ,’ उहाँले भन्नुभयो, ‘आउने नयाँ जेनेरेशन, हामी पछिको पुस्ताले त्यो कुरा उठाउनै नपरोस् ।