९ कार्तिक २०७८, मंगलवार

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा फेरि एकपटक महिलाहरु सडकमा उत्रिएका छन् ।अफगानिस्तानमा जारी संकटमा अन्तर्राष्ट्रिय समुदायको निष्क्रियता र मौनताको विरोधमा यो प्रदर्शन गरिएको महिलाहरुले बताएका छन् ।

आन्दोलनरत महिलाहरुले हातमा पोस्टर बोकेका थिए जसमा लेखिएको थियो– ‘विश्वले हामीलाई किन मर्ने आनान्दले हेरिरहेको छ?अगस्टको मध्यमा सत्तामा फर्किएदेखि, तालिबानले महिलाहरूलाई काममा फर्कन अनुमति दिएको छैन र अधिकांश केटीहरूलाई हाई स्कूलमा जान प्रतिबन्ध लगाइएको छ।

यस प्रदर्शनमा सहभागी हुस्ना सद्दात भन्छिन्, ‘आज हामी आफ्नो अधिकार चाहन्छौं भनेर आन्दोलन गरिरहेका छौं। संसार किन मौन छ, संयुक्त राष्ट्र संघले महिलालाई किन ध्यान दिइरहेको छैनरु दिनहुँ गरिबहरू चिच्याइरहेका छन्, हाम्रा छोराछोरी मरिरहेका छन्, पुरुषहरू बेरोजगारीले पीडामा छन्, उनीहरूसंग रोजगारी छैन, उनीहरू आत्महत्या गरिरहेका छन्।’

‘विश्वका देशहरू किन मौन छन्, हाम्रो कुरा किन कसैले सुन्दैन ? हामी किन घरमै थुनिने र कहिलेसम्म यसरी बस्ने ? किन सुन्दैनन् कोही ? के हामी महिलालाई समाजमा सक्रिय हुने अधिकार छैन? ‘

प्रतिक्रिया दिनुहोस्

LIVE TV