९ कार्तिक २०७८, मंगलवार

काठमाडौँ । इन्टर्नेसनल डान्स एकेडेमी एण्ड फिल्मस् प्रा.लि रियालिटी सो ‘डान्स च्याम्पियन’ प्रसारणमा ल्याउने भएको छ ।

इन्टर्नेसनल डान्स एकेडेमी एण्ड फिल्मस् प्रा.ली र की एड्भर्टाइजिङ सर्भिस प्रा.लि.को साझेदारीमा कार्तिक २५ गतेदेखि प्रसारणमा आउनेगरी डान्स रियालिटि सो डान्स च्याम्पियन नियमित उत्पादन ल्याएको हो । रियालटी सो को प्रसारण राष्ट्रिय टेलिभिजनबाट हुनुका साथै ओएसआर नामक युटुब च्यानलबाट पनि प्रसारण हुनेछ ।

नेपाली नृत्य र कलाकारीतालाई अझै शिखरमा पुर्याउन डान्स च्याम्पियन मेगा–शो नियमित प्रसारण ल्याउन लागिएको हो ।

डान्स च्याम्पियनका निर्णायकहरुमा नायिका निरुता सिंह, कोरियोग्राफर जगत रावल र डान्सर आस्मा विश्वकर्मा रहनु भएको छ । डान्स च्याम्पियन कार्यक्रमको प्रस्तोताको रुपमा उमेश राइ (फुलन्देकी आमा) र निशान्त कटुवाल रहेका छन् ।

उक्त कार्यक्रमका निर्देशक गजित बिष्ट हुन् । कुल २५ लाख रुपैयाँ धनराशी पुरस्कार रहेको यस कार्यक्रम ३४ भागको हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV