९ कार्तिक २०७८, मंगलवार

एजेन्सी । प्रिमियर लिगका खेलाडीलाई कोभिडको नक्कली सर्टिफिकेटको प्रस्ताव गरेको खुलासा भएको छ ।

खेलाडीले एक हजार पाउण्ड तिरेर कोभिड भ्याक्सिनको नक्कली सर्टिफिकेटको लागि प्रस्ताव गरिएको खुलासा भएको छ ।

खेलाडीहरुले एक हजार पाउण्ड तिरेको खण्डमा उनीहरुको फोनमा दुई किसिमको सर्टिफिकेट पठाइने र चाहेको बेला जुनपनि प्रयोग गर्न सक्ने प्रस्ताव गरेको बताइएको छ ।

स्पोर्टस मेलका अनुसार केहि क्लवका खेलाडीले नक्कली भ्याक्सिनको सर्टिफिकेटका बारेमा प्रश्न उठाइएको छ ।

यो अफरमा कोभिडका भ्याक्सिन लगाउन बाँकी रहेको खेलाडीले स्विकारेको हो वा होइन भन्ने प्रष्ट भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV