९ कार्तिक २०७८, मंगलवार

काठमाडौं । नेपाल बार एशोसिएसन सल्लाहकार समितिका सदस्यहरुले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले तत्काल राजीनामा नदिए आन्दोलन गर्ने सुझाव दिएका छन् ।

मंगलबार बसेको बारेको बैठकले प्रधानन्यायाधीश जबराले तत्काल राजीनामा नदिए देशभर आन्दोलन गर्ने सुझाव दिएका हुन् ।

बैठकमा बारका ३७ जना सदस्यमध्ये ३६ जनाले प्रधानन्यायाधीश जबराले तत्काल राजीनामा दिनुपर्ने माग राखेका थिए ।

वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईका अनुसार बैठकमा प्रधान्यायाधीशले तत्काल राजीनामा गर्नुपर्छ भन्नेमा ९९ दशमलव ५ प्रतिशत सुझाव रहेको थियो ।

बैठकमा बुधबारदेखि कानुन व्यवसायीहरुले सर्वोच्च अदालतमा बहस नगर्ने धारणा राखेका छन् । प्रधानन्यायाधीश जबराको राजीनामा र न्यायालयमा भएका गलत कामको छानबिन नभएसम्म बहस हुन नसक्ने बैठकमा भनिएको छ ।

 

LIVE TV