९ कार्तिक २०७८, मंगलवार

काठमाडौं । लाइन्स क्लव अफ काठमाडौं डाउनटाउनले काठमाडौंको तारकेश्वर नगरपालिका–६ धर्मस्थलीस्थित धर्म विध्याश्रम आधारभुत विद्यालयमा स्कुल ब्याग (झोला) वितरण गरेको छ ।

लायन्स क्लव अफ काठमाडौं डाउनटाउनका अध्यक्ष रामकृष्ण बानियाका अनुसार नेपालीहरुको महान पर्व दशैं–तिहारको उपलक्ष्यमा ६१ थान स्कुल ब्याग वितरण गरिएको हो ।

सो आधारभुत विद्यालयमा पहिलो पटक ६१ थान झोला वितरण गरिएको र आगामी दिनहरुमा पनि पुनः शैक्षिक सामग्रीलगायत विद्यार्थीहरुलाई आवश्यक सामग्री वितरण गर्ने क्लवका अध्यक्ष बानियाले प्रतिबद्धता ब्यक्त गरे ।

उक्त कार्यक्रममा प्रधानाध्यापक शान्ती बस्नेत, विद्यालय व्यवस्थापन समितिको तर्फबाट महेश्वरमान सिंह बस्नेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV