९ कार्तिक २०७८, मंगलवार

एजेन्सी ।  सुडानमा ‘कु’को विरोध गरिरहेका जनतामाथि सैनिकले चलाएको गोली लागेर सात जनाको मृत्यु भएको छ भने १४० जना घाइते भएका छन् । सुडानमा अन्तरिम सरकारलाई ध्वस्त पारेर सेनाले देशको कमान्ड हातमा लिएको छ ।

सेनाले संकटकाल घोषणा गर्ने क्रममा प्रधानमन्त्रीसहित अन्य नेतालाई पक्राउ गरेको छ । कूको विरोधमा प्रदर्शनकारीहरु सडकमा उत्रिएका छन् । स्थानीय तहमा विरोध प्रदर्शन गर्नेलाई पक्राउ गर्न राजधानी खार्तुममा सेना घरदैलो गरिरहेको बताइएको छ ।

यस कूको विश्वभर आलोचना भइरहेको छ र अमेरिकाले सुडानलाई दिँदै आएको ७० करोड डलर सहयोग रोकेको छ ।सेनाको कूको नेतृत्व गर्ने जनरल अब्देल फताह अल बुरहानले सैन्य कारबाहीका लागि राजनीतिक द्वन्द्वलाई दोष दिए।

सेनाको कूको नेतृत्व गर्ने जनरल अब्देल फताह अल बुरहानले सैन्य कारबाहीका लागि राजनीतिक द्वन्द्वलाई दोष दिएका थिए।

दुई वर्षअघि लामो समयदेखि शासक ओमार अल–बसिरलाई सत्ताच्युत गरेपछि राजनीतिज्ञ र उनीहरूका सैन्य समकक्षीहरूबीच विवाद छ।

बीबीसी अरेबिकका मोहम्मद उस्मानले राजधानी खार्तूममा सोमबार रातिदेखि ठूलो संख्यामा प्रदर्शनकारीहरू सडकमा भेला हुन थालेको बताए । उनीहरुले सरकार फिर्ताको माग गरेका थिए ।

एक घाइते प्रदर्शनकारीले सैन्य मुख्यालय बाहिर आफ्नो खुट्टामा गोली लागेको मिडियालाई बताए।

सुडानको डाक्टर युनियन र सूचना मन्त्रालयले पनि सैन्य मुख्यालय बाहिर गोलीबारी भएको फेसबुकमार्फत जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV