९ कार्तिक २०७८, मंगलवार

काठमाडौं । सर्वाेच्च अदालतको आधिकारिक ट्रेड युनियनले न्यायालयमा पछिल्लो समय देखिएको विृकृति हटाउन प्रधानन्यायाधीश तथा न्यायाधीशहरु जिम्मेवार भई गम्भीरतापूर्वक अघि नबढे आन्दोलन गर्ने चेतावनी दिएको छ ।

मंगलबार सयुंक्त रुपम विज्ञप्ति जारी गर्दै ट्रेड युनियनले पछिल्लो समय न्यायपालिकामाथि चौतर्फी आक्रमण भइरहेको र अदालतभित्र देखिएका विकृति तथा विसंगती हटाउन प्रधानन्यायाधीश तथा न्यायाधीशहरु जिम्मेवार नभए आन्दोलनको चेतावनी दिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘असोभनीय गतिविधीले न्यायलय थप संकटतर्फ जाने भएको हुँदा अदालत भित्र देखिएका विकृति विसंगतीको अन्त्य गर्ने सम्बन्धमा प्रधानन्यायाधीश तथा सर्बोच्च अदालतका न्यायाधीशहरु जिम्मेवार भई गम्भीरतापूर्बक अबिलम्ब समूचित समाधान गर्न जोडदार माग गर्दछौँ ।अन्यथा न्यायपालिकाको स्वतन्त्रताको रक्षा एवं न्यायका उपभोक्ताको न्याय पाउने अधिकारको संरक्षणका खातिर आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुनेछौं ।’

युनियनले न्यायालयमा देखिएको समस्याको सहि समाधानका लागि सम्पूर्ण न्यायकर्मी, कानून व्यवसायी, न्यायका उपभोक्ता, पत्रकार, नागरिक समाज तथा सरोकारवाला जनसमुदायलाई आ–आफ्नो ठाउँबाट सकारात्मक भूमिका निर्वाह गर्न समेत अपील गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV