९ कार्तिक २०७८, मंगलवार

काठमाडौँ । नेप्से सूचक ७८.८२ अंकले बढेर २७५१.०७ विन्दुमा पुगेको छ । ६ अर्ब ३१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

साताको तेस्रो दिन मंगलबार (आज) दिन २२७ कम्पनीको १ करोड १४ लाख ८६ हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ ।

खरिदबिक्री रकममा ४४ करोड ७४ लाख रुपैयाँभन्दा बढीसहित कामना सेवा विकास बैंक अग्रस्थानमा रहेको छ । आज मंगलबार यसको लाभांश सुरक्षित गर्ने दिन पनि हो ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नबिल बैंक र एनआइसी एसिया बैंक परेका छन् । २० कम्पनीको भाउ ९५ भन्दा माथिदेखि सर्किट लाइनसम्म वृद्धि भएको छ ।

सबै समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी होटेल तथा पर्यटन, फाइनान्स र हाइड्रोपावर समूह बढेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV