९ कार्तिक २०७८, मंगलवार

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले बाढी–पहिरोलगायतका प्रकोपपछिको उद्दार लगायतका कार्यमा सुरक्षा निकायबाहेक अन्य सरोकारवाला निकायको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

गृह मन्त्रालयको आयोजनामा मंगलबार ललितपुरमा गरिएको विपद् व्यवस्थापनसम्बन्धी नीतिगत परामर्श बैठकमा गृहमन्त्री खाँणले प्राकृतिक प्रकोप न्यूनीकरण र प्रकोपपछिको उद्दार लगायतका व्यवस्थापका कार्यमा सुरक्षा निकाय बाहेकका निकायको भूमिका सन्तोषजनक नरहेको बताएका हुन् ।

विपद्को उद्दारलगायतका काममा नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीले छिटो भन्दा छिटो जुट्ने गरेको तर, अन्य निकायहरुले भने ढिलासुस्ती गर्ने गरेको उनको भनाइ छ । उनले विपद्पछि तत्काल राज्यको उपस्थिति नै जनताको अपेक्षा हुने गरेको भन्दै पूर्वाधार निर्माणमा सम्बन्धित निकायबीच समन्यव हुनुपर्ने धारणा पनि राखे ।

उनले प्राकृतिक विपद्बाट क्षति हुने क्षेत्रमा तयारी अवस्थामा प्राविधिक राख्न पनि समस्या हुने गरेको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV