९ कार्तिक २०७८, मंगलवार
  • ज्योतिकुमार पन्थी

बर्दिया । नेपाल टेलिकमले गुलरियको बिभिन्न स्थानमा तार जडित द्रुत गतिको इन्टरनेट सेवा एफटिटिएच सेवा सञ्चालनमा ल्याएको छ ।

बर्दिया जिल्लामा लामो समयदेखि द्रुत गतिको इन्टरनेट सेवा माग गरिएपछि दुरसञ्चार प्राधिकरणले यो सेवा सञ्चालनमा ल्यायको हो ।

बर्दियाको गुलरियामा पहिलो पटक सञ्चालनमा ल्याइएको इन्टरनेट सेवाको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले मंगलबार शुभारम्भ गरेको हो ।

मंगलबारदेखि सञ्चालनमा आएको सेवा गुलरिया बजार क्षेत्र र ६ नं वडाको केहि भागमा शुरू गरिएको भए पनि पछि यो सेवालाई बढाउदै लैजाने लक्ष्य टेलिकमले लिएको नेपाल टेलिकम गुलरियाका प्रमुख जितराज श्रेष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV