९ कार्तिक २०७८, मंगलवार

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परमादेश दिने पाँचै न्यायाधीशले राजीनामा दिनुपर्ने बताउनुभएको छ ।

अध्यक्ष ओलीले संसद पुनर्स्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने सर्वोच्च अदालतका पाँचै जना न्यायाधीशले राजीनामा दिनुपनेृ बताउनुभएको हो ।

मंगलबार एमालेको पालिका अधिवेशनलाई भर्चुअल रूपमा सम्बोधन गर्दै ओलीले परमादेश जारी गर्ने सबैले राजीनामा दिनुपर्ने बताउनुभएको हो ।

उहाँले परमादेशबाट सरकार बनेपछि अदालतमा पनि समस्या देखिएको बताउदै एकजनाले मात्र नभई परमादेश दिनेहरूले राजीनामा दिनुपर्ने बताउनुभएको थियो ।

ओलीले ‘परमादेश त एक जनाले होइन, पाँचै जनाले गर्नुभएको होला । पाँचै जनाले परमादेश गर्नुभएको थियो भने एक जनासँग किन राजीनामा माग्नुहुन्छ श्रीमान ज्यूहरु ?’ भन्दै प्रश्न समेत उठाउनुभएको छ ।

गत असार २८ मा सर्वोच्चले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो।

प्रतिक्रिया दिनुहोस्

LIVE TV