९ कार्तिक २०७८, मंगलवार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले बाहेकका पार्टीहरु तत्कालीन स्वार्थको भुमरीममा रुमल्लिएको आरोप लगाउनुभएको छ ।

आज पालिका अधिवेशन एकैसाथ उद्घाटन गर्दै उहाँले सो बताउनुभएको हो । पार्टी कार्यालबाट भर्चुअल रुपमा ७५३ वटै पालिकाको अधिवेशन उद्घाटन गर्दै ओलीले एमाले सफल भए मात्रै देश सफल हुने जिकिर गर्नुभयो ।

एमालेले राष्ट्र निर्माणकाे गहन जिम्मेवारी बोकेको बताउदै उहाँले कुनै पार्टीले यसतर्फ राष्ट्र निर्माणको विषयमा नसोचेको आरोप समेत लगाउनुभयो ।

ओलीले अधिवेशनबाट निर्वाचित हुने सबै पदाधिकारी र पालिका र इलाका स्तरका सबै सदस्यहरुलाई अग्रिम रुपमा बधाई र शुभकामना समेत दिनुभयो ।

LIVE TV