९ कार्तिक २०७८, मंगलवार

एजेन्सी । पाकिस्तानको एबोटाबाद सहरमा एकैसाथ जन्मेका सात बच्चामध्ये छको मृत्यु भएको छ भने एक भेन्टिलेटरमा छन् ।

गत हप्ता एबटाबादको जिन्ना इन्टरनेशनल अस्पतालमा एक महिलाले सातवटा बच्चालाई जन्म दिएकी थिइन् । तीमध्ये पाँच बालबालिकाको सोही अस्पतालमा र एक बालकको अयुब शिक्षण अस्पतालको बाल नर्सरीमा मृत्यु भएको जनाइएको छ ।

बालकका बुवा कारी यार मोहम्मदले एउटा बच्चा जन्मेको २४ घण्टामा मात्रै बितेको र केही घण्टापछि अर्को बालकको पनि मृत्यु भएको बताएको बीबीसीमा उल्लेख छ । सोही रात थप तीन बालबालिकाको पनि मृत्यु भएको बताइएको छ।

यार मोहम्मद बटग्राम जिल्लाका बासिन्दा हुन्। उनकी श्रीमतीले जिन्ना अन्तर्राष्ट्रिय शिक्षण अस्पतालमा सात सन्तानलाई जन्म दिइन् । उनका दुई छोरी पनि छन् । सात सन्तान जन्मिएपछि उनी निकै खुसी थिए ।

यार मोहम्मदले भने, “जब हामीलाई दुई बच्चा मात्र जीवित रहेको थाहा भयो, तब हामी पिम्स इस्लामाबाद जाने तयारी गर्न थाल्यौं। तर, त्यसपछि हामीलाई बच्चाहरूलाई अबोटाबादको अयुब शिक्षण अस्पतालमा पठाइँदैछ भनिएको थियो। यहाँ पनि एउटा बच्चा बाँच्न सकेन र अर्को भेन्टिलेटरमा छ । यो बच्चा जन्मेदेखि नै भेन्टिलेटरमा छ ।”

उनले दुई बच्चाको मात्रै मृत्यु भएको भन्दै बच्चाकी आमालाई भने सबै कुरा थाहा नभएको बताए । जिन्ना अन्तर्राष्ट्रिय अस्पताल र अयुब शिक्षण अस्पतालले बालबालिकाको मृत्यु भएको पुष्टि गरेको छ । अयुब टिचिन हस्पिटलले बीबीसीलाई भने कि मृत्यु भएको बच्चा प्रि(म्याच्योर थियो। उनको तौल पनि निकै कम थियो ।

अस्पतालको नर्सरी वार्डका विशेषज्ञ डाक्टर इक्रामले गर्भमा एक वा दुई बच्चा भएमा पूर्ण पोषण प्राप्त गर्ने तर योभन्दा बढी बच्चा भएमा पूर्ण पोषण नपाउने बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV