९ कार्तिक २०७८, मंगलवार

काठमाडौं । कमेडी च्याम्पियनका विजेता भरतमणि पौडेलले पूर्वयुवराज पारस शाहसँग भेट गरेका छन् । भेटपछि उनले सामाजिक संजालमा तस्बीर शेयरसमेत गरेका छन् ।

उनले पूर्वयुवराजसँग भेट गर्न पाएकोमा एकदमै खुसी भएको उल्लेख गरेका छन् । करिब १ घण्टा भेटघाट गरेको उल्लेख गर्दै उनले रमाइलो गफगाफ भएको बताएका छन् ।

भेटअघि पारसको शुभचिन्तक भएको तर भेटपछि झन ठूलो प्रसंशक भएको उनले लेखेका छन् ।

उनले भनेका छन्, ‘उहाँको शुभचिन्तक थिएँ । भेटघाट पछि झन ठूलो प्रसंशक भएँ । साच्चैनै भन्नेनै हो भने उहाँ साह्रै रमाइलो साथी जस्तै हुनुहुदो रहेछ।’

भरतमणिले भर्खरै सम्पन्न कमेडी च्याम्पियनमा पारसको क्यारिकेचर गरेर लोकप्रिय बनेका थिए । उनको क्यारिकेचर धेरैले मन पराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV