९ कार्तिक २०७८, मंगलवार
  • कविन्द्र शेर्मा

यासोक । पाँचथरको फाल्गुनन्द गाउँपालिका ६ निबासी मणिराज कुरुम्बाङका परिवारले करिब १ सय बिपन्न तथा कोरोना प्रभावित परिवारलाई निशुल्क खाद्यान्न सामग्री बितरण गरेका छन्।

कुरुम्बाङ्का परिवारले फाल्गुनन्द गाउँपालिका ६ र ७ वडाका १ सय घर परिवारलाई खाद्यान्न सामग्री बितरण गरेका हुन्।

कोरोना कोभिड १९ ले प्रभाबित भइ आर्थिक अबस्थामासमेत असर परेका र बिपन्न घर परिवारलाई चाड पर्व मनाउन सहयोग पुगोस् भन्ने उदेश्यले व्यक्तिगत रुपमा निशुल्क खाद्यान्न सामग्री बितरण गरिएको परिवारका सदस्य डेन्जरहाङ कुरुम्बाङले बताउनु भयो।

बितरण गरिएको खाद्यान्न समग्री मा २५ केजी को १ बोरा चामल १ बोरा, नुन र १ पोका तेल रहेको अर्का परिवार सदस्य पुर्ण कुमार कुरुम्बाङले जानकारी दिनु भयो।

फाल्गुनन्द गाउँपालिकाको वसाङ्गुमा एक कार्यक्रमको आयोजना गरि खाद्यान्न सामग्री बितरण गरिएको थियो। करिब २ लाख मुल्य बराबर को राहत बितरण गरिएको सहयोगिदाता दुर्गा प्रसाद कुरुम्बाङले बताउनु भयो।

उहाँले राहत प्रदान गर्ने कार्यक्रम अगाडि नै तयारी गरे पनि केही प्राबिधिक समस्याले ढिलो हुन गएको स्पस्ट पार्नु भयो ।

कार्यक्रममा परिवारका बुबा मणिराज कुरुम्बाङ र आमा मणि माया कुरुम्बाङको हातबाट बितरण गरिएको थियो। कार्यक्रममा फाल्गुनन्द ६ का वडा अध्यक्ष नारायण प्रसाद आङ्देम्बे र वडा न. ७ का अध्यक्ष लिला बल्लब नेपालले मन्तब्य राख्नु हुँदै सहयोगी परिवारले ब्यक्तिगत रुपमा यति ठूलो सहयोग गरेकोमा धन्याबाद दिनु भयो।

यसैगरि सञ्चारकर्मी एवंम पाँचथर एफएमका अध्यक्ष कबिन्द्र सेर्माले सहयोगी परिवारलाई धन्याबाद दिँदै सहयोगी हातहरुसँग सहकार्य गर्न तयार रहेको बताउनु भयो।

कार्यक्रममा राहत लिन आएका परिवारले पर्बको बेला चामल नुन तेल पाउँदा खुशी भएको प्रतिकृया दिएका थिए। उक्त परिवारलाई यसअघि गाउँमा निशुल्क स्वस्स्थ्य सामग्री बितरण गरेका थिए।

सहयोगी परिवारका कोहि सदस्य रोजगारको शिलसिलामा हाल दक्षिण कोरिया छन् भने कोहि सिङापुर सेनामा कार्यरत छन्। यसैगरी उक्त परिवारले स्थानीय तृबेणी क्लबलाई पनि विभिन्न खेलकुदका सामग्री सहयोग गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

LIVE TV