९ कार्तिक २०७८, मंगलवार

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा राजकुमार क्षेत्री नियुक्त भएका छन् । क्षेत्रीलाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले महानिर्देशकमा नियुक्त गरेको हो ।

तत्कालीन महानिर्देशक राजन पोखरेलले अवकाश लिएपछि उक्त पद रिक्त रहेको थियो । सो पदमा १२ औं तह मध्येका सिनियर रहेका क्षेत्रीलाई नै वरिष्ठताको आधारमा निमित्त महानिर्देशकको जिम्मेवारी दिइएको थियो । हाल महानिर्देशकको जिम्मेवारी दिइएको हो ।

उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले महानिर्देशकका लागि सिफारिस गरेर मन्त्रिपरिषदमा पठाएको थियो । एक मात्र नाम सिफारिस भएकाले उनलाई निर्विकल्प नियुक्ति दिइएको हो ।

क्षेत्रीले यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धक समेत भएर काम गरिसकेका छन् । तर प्राधिकरणमा भने उनको कार्यकाल धेरै रहने छैन । केही महिना मात्र कार्यकाल बाँकी रहेका क्षेत्रीका सामु उड्डयन क्षेत्रका विविध काम सम्पन्न गर्ने चुनौती भने छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV