९ कार्तिक २०७८, मंगलवार

काठमाडौं । स्वास्थ्य तथा जनसख्या राज्य मन्त्री भवानी प्रसाद खापुङ कार्तिक १५ गते देखि २२ गते सम्म गृहजिल्ला तेह्रथुम भ्रमणमा निस्कनु हुने भएको छ ।

राज्यमन्त्रीको जिम्मेवारी सम्मालेपछि उहाँको पहिलो भ्रमण गृहजिल्ला तेह्रथुम हुनेछ । उहाँ जिल्लाको विकास निर्माणको अवस्था बुझ्न तेह्रथुम जाने तयारी भइरहेको सचिवालयले जनाएको छ ।

उहाँको सचिवालयका अनुसार राज्यमन्त्री खापुङ कार्तिक १५ गते दिनको १ बजे छथर गाँउपालिकाको केन्द्र शुक्रबारे, सोहि दिन दिउँसो ४ बजे लालिगुराँस नगरपालिका केन्द्र बसन्तपुर, कार्तिक १६ गते बिहान ८ बजे लसुने, सोहि दिनको १ बजे म्याङ्लुङ्ग बजार, कार्तिक १७ गते दिनको १ बजे मेन्छ्यायेम गाउँपालिकाको केन्द्र मोराहाङबजार र कार्तिक २१ गते बिहान फेदाप गाँउपालिकाको ओयाक्जुङ हुँदै फेदाप गाउँपालिका केन्द्र पोक्लाबाङ्ग बजार र सोहि दिन १ बजे आठराईको केन्द्र संक्रान्ति बजारमा पुग्ने बताइएको छ । उहाँले भ्रमणका क्रममा कार्यकता तथा सुभचिन्तकहरुसँग भेटघाट तथा सुभकामना कार्यक्रम रहने सचिवालयले जनाएको छ।

त्यस्तैगरी राज्जमन्त्री खापुङले जिल्ला अस्पताल, पालिकाका स्वास्थ्य चौकीको अवस्था र स्थानीय सरकार प्रमुख तथा उपप्रमुखहरु सहित जनप्रतिनिधि र नागरिकहरु सँग भेटवार्ता गर्ने तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV