८ कार्तिक २०७८, सोमबार

काठमाडौं । डाक्टर हर्ष बहादुर बुडामगर स्मृति प्रतिष्ठानले विभिन्न स्रष्टाहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

डाक्टर हर्ष बहादुर बुडामगरको ९४ औं जन्मजयन्तीका अवसरमा सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच प्रतिष्ठानले विभिन्न स्रष्टाहरुलाई सम्मान तथा पुरस्कृत गरेको हो ।

अभिनन्दन २०७६ बाट समाजसेवी तथा साहित्यकार शेर बहादुर गुरुङ, समाजसेवी बन्दना राणा, कवि कथाकार विवश पोखरेल, समालोचक डा पुष्करराज भट्ट लगाएतलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

त्यस्तै अभिनन्दन २०७७ बाट प्राज्ञ डा ज्ञानु पाण्डे, गीतकार डा बमबहादुर थापा, उपन्याशकार शंकर भारती, नियात्राकार डा दामोदर पुडासैनी लगाएतलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा विभिन्न बिधाका बिज्ञ तथा उत्कृष्ट व्यक्तित्व, समाजसेवीलगायतलाई पनि सम्मान र पुरस्कृत गरिएको थियो । कार्यक्रममा हर्ष बहादुर बुडामगर स्मृति प्रतिष्ठानका अध्यक्ष प्राज्ञ उन्नती बोहराले कला साहित्यलाई थप उजागर र विकसित गर्न प्रतिष्ठानले काम गर्दे आएको बताए ।

त्यस्तै कार्यक्रममा प्राज्ञ बोहराको कृति तथा सीडी लोकार्पण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV