८ कार्तिक २०७८, सोमबार

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई बहिर्गमनको बाटो रोज्न ४ पूर्वप्रधानन्यायाधीशहरुले आग्रह गरेका छन् ।

सोमबार अपरान्ह विज्ञप्तिमार्फत् पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले प्रधानन्यायाधीश जबरालाई बहिर्गमनको बाटो रोज्न आग्रह गरेका हुन् ।

विज्ञप्तिमा अहिलेको समस्या प्रधानन्यायाधीश जबरा स्वंयले सिर्जना गरेको भन्दै त्यसको जवाफदेही ग्रहण गर्नुपर्ने प नि उल्लेख छ ।

न्यायाधीशले कुनै कारणले जनविश्वास गुमाउँछ भने न्यायको लागि बचाउनेका केही पनि उनीहरुको सुझाव छ ।

विज्ञप्तिमा भनिएको छ, ‘न्यायाधीशले कुनै कारणले जनविश्वास गुमाउँछ भने न्यायको लागि बचाउनेका केही रहन्न भन्ने कुरा बुझ्नु आवश्यक छ । न्यायपालिकाको समक्ष उपस्थित चूनौतिहरुको माझमा न्यायपालिकाको स्वार्थलाई आफ्नो स्वार्थ भन्दा माथि राखेर बहिर्गमन गर्ने आँट देखाउन सम्बन्धित न्यायिक नेतृत्वलाई आह्वान गर्दछौं ।’

प्रधानन्यायाशीले ज्यान मुद्दामा प्रमाणहरु यथेष्ठ छँदाछँदै सजाय घटाई विचलन वा कमजोरी भएको विषयमा सुनवाई गरी शीघ्रतिशीघ्र निकास दिनुपर्नेमा समेत सुनवाईलाई आलटाल गरी वर्षौँ लम्व्याई न्यायमा अवरोधको स्थिति सिर्जना गरेको ठानिनु अस्वच्छ परिस्थितिको द्योतक भएको चार पूर्वप्रधानन्यायाधीशको धारणा छ ।

जनआस्था र विश्वासलाई नै आफ्नो वैधताको स्रोत मान्ने न्यायपालिकाप्रति आमजनतानको विश्वास टुटे देशको संवैधानिक पद्धति र लोकतन्त्र घातक हुन जाने पनि विज्ञप्तिमार्फत् भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV