८ कार्तिक २०७८, सोमबार

लमजुङ । लमजुङका चारवटा वडामा नेकपा एमालेको वडा अधिवेशन हुन बाँकी छ । जिल्लाका ७५ वडाहरूमध्ये चारवटा वडामा वडा अधिवेशन नभएको नेकपा (एमाले) लमजुङका अध्यक्ष धनन्जय दवाडीले बताए ।

कूल ७५ वडा रहेकोमा विविध कारणले चारवटा वडाको अधिवेशन भने स्थगित भएको छ । बाँकी रहेका चारवटा वडाहरूमा सोमबारसम्म नयाँ नेतृत्व चयन हुने उनको भनाइ छ । नेकपा एमाले लमजुङको शनिबार ६६ वडा र आइतबार पाँचवटा वडामा नेतृत्व चयनका कार्यक्रम सकिएका छन् ।

अधिवेशनमा जिल्लादेखि केन्द्रीयस्तरीय नेता आफ्नो वडामा खटिएका छन् । जिल्ला कमिटी अध्यक्ष एवं गण्डकी प्रदेश सदस्य दवाडीले बेसीसहर नगरपालिकाको ७, दुधपोखरी गाउँपालिकाको पाँच र मर्स्याङ्दी गाउँपालिकाको २ र ९ नम्बर वडामा अधिवेशन स्थगित भएको हो ।

सम्पन्न भएका वडाहरूमा सर्वसहमतिमा नेतृत्व चयन गरिएको एमाले लमजुङले जनाएको छ । निर्वाचनको केन्द्रीय तालिकाअनुसार ९ कात्तिकमा पालिका अविधेशन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV