८ कार्तिक २०७८, सोमबार

काठमाडौं । बेमौसमी वर्षाले धानबालीमा के कति क्षति पुर्यायो भन्नेबारे सरकारले अध्ययन कार्यदल गठन गरेको छ ।

वर्षाले पुर्याएको क्षतिबारे अध्ययन गरी ३ दिनभित्र सरकारलाई प्रतिवेदन दिन गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले कार्यदल गठन गरेको छ ।

गठन भएको कार्यदलमा सचिव पाण्डेसँगै कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिव, वाणिज्य सचिव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव र राष्ट्रिय योजना आयोगका सचिव रहेका छन् ।

गत असोज १ गतेदेखि ३ दिनसम्म परेको बेमौसमी देशका विभिन्न क्षेत्रका धानबालीमा क्षति पुर्याएको छ । कार्यदलले प्रदेश १, लुम्बिनी प्रदेश लगायतका क्षेत्रमा धानबालीमा पुगेको क्षतिबारे अनुसन्धान गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV