८ कार्तिक २०७८, सोमबार
  • रामगोपाल तमखु

भक्तपुर । भक्तपुरको केएमसी अस्पतालले कार्तिक ८ र ९ गते (दुई दिने)निःशुल्क स्वास्थ्य निशुल्क शिविर संचालन गरेको छ । दुवाकोट स्थित नेपाल मेडिकल कलेज पब्लिक लिमिटेडले (केएमसी)मा आज शिविरको उद्घाटन कार्यक्रममा सोमवार र मंगलवार दुई दिन सम्पूर्ण चेक जाँचमा निशुल्क गरिने र अपरेशनमा पचास प्रतिशत छुट दिने अस्पताल श्रोटले बताएको छ ।

कार्यक्रममा अस्पतालका सीईओ खगेन्द्र प्रसाद शर्माले अरु धेरै देशमा औषधि उपचार निशुल्क हुने बताउँदै हामीले पनि निशुल्क दिने सक्ने तर सरकारी नियम कानुन बाधा भइरहेको पनि जानकारी दिनु भयो ।

 

निशुल्क गर्न सक्ने बताउँदै बिमाको सम्पूर्णका काम पनि अस्पतालले दिन सक्ने बताउँदै यसको लागि नगरपालिका स्थानिय सरकारले आवश्य पहल गरिदिन अनुरोध गर्नुभयो । सरकारले बिरामी बिमाको बिरामीलाई सेवा दिने सुबिधा उपलब्ध गराएमा सम्पूर्ण बिरामीको निशुल्का उपचार गर्न अस्पताल तयार रहेको पनि बताउँनु भयो ।

त्यस्तै चाँगु नारायण नगरपालिकाका प्रमुख सोम मिश्रले केएमसी अस्पतालको पहिलाको ब्यवस्थापनसँग हात बधाउन खोज्दा बेवास्ता गरेको बताउँनु भयो । अव नयाँ ब्यवस्थापनसँग नगरपालिका मिलेर जान सक्ने बताउँनु भयो । अस्पतालले स्थानीय जनताको लागि राम्रो सेवा र निशुल्क सेवा र बिमाको सेवा सुरु गर्नको लागि चाहिने सम्पूर्ण सहयोग गर्न नगरपालिका भोली देखि नै लागि पर्ने पनि बताउँनु भयो ।

त्यस्तै अस्पतालका जीएम नारायण प्रसाद दाहालले अस्पतालले अवदेखि मुस्कान सहितको सेवा दिने बताउँनु भयो । उहाँले आज र भोलीको शिविरमा सम्पुर्ण चेकजाँचमा निशुल्क गरिएको बताउनु भयो ।

बिगत एक बर्ष अगाडी देखि नयाँ ब्यवस्थापनसँगै धेरै नयाँ नयाँ उपकरण र राम्रो बिशेषज्ञले मुस्कान सहितको सेवा दिई रहेको बताउँनु भयो । अस्पतालले यो निशुल्क शिविरमा आएको बिरामीको अपरेशन गर्नु परेमा पचास प्रतिशत छुटको पनि ब्यवस्था गरिएको जानकारी दिनु भयो । उहाँले निशुल्क शिविरमा चेकजाँच, एक्सरे, भिडियो एक्सरे, ईसीजी लगायतका सम्पूर्ण निशुल्क गरिएको पनि जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV