
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराबारे धारणा बनाउन सर्वोच्च बार एसोसिएसनको सल्लाहकार छलफलमा जुटेको छ ।
केही समयमा सुरु हुने भनिएको बैठकमा पछिल्लो समय प्रधानन्यायाधीश जबराका विषयमा उठेका विषयवस्तुमाथि घनिभूत छलफल हुने बताइएको छ ।
यसअघि पूर्वन्यायाधीशहरूले न्यायालयलाई विवादमा तानिएको भन्दै प्रधानन्यायाधीश जबराले यस क्षेत्रलाई निकास दिनुपर्ने माग राखेका थिए ।
प्रधानन्यायाधी जबराबारे धारणा बनाउन नेपाल बार एसोसिएसनको कार्यसमिति पनि बैठकमा छ । हिजो नेपाल बारको कार्यसमिति र प्रधानन्यायाधीश शम्शेरबीच छलफल भएको थियो ।
छलफलमा अदालतमा गोलाप्रथाबाट पेसी तोक्ने, वकिलहरूलाई बरिष्ठताको उपाधि दिनेलगायत विषयमा कुराकानी भएको थियो ।