८ कार्तिक २०७८, सोमबार

काठमाडौँ । साताको दोस्रोदिन आज सेयर बजारमा रौनकता छाएको छ । सोमबार नेप्से सूचक ८७.६३ अंकले बढेर २६७२.२५ विन्दुमा आइपुगेको छ । ४ अर्ब ३० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

पछिल्ला दिनहरुमा भएको औसत कारोबार भइरहेको सयर बजारमा आज उत्साह थपिएको हो । ३३ कम्पनीको भाउ ९ प्रतिशत भन्दा माथिदेखि सर्किट लाइनसम्म वृद्धि भएको छ ।

यस दिन २२९ कम्पनीको ८३ लाख ९५ हजार भन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ । १६ करोड २५ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा महालक्ष्मी विकास बैंक अग्रस्थानमा रहेको छ ।

त्यस्तै, दोस्रो र तेस्रो स्थानमा क्रमशः अपि पावर र सिद्धार्थ बैंक परेका छन् । सबै समूहका सूचकमा हरियाली छाएको छ । सबैभन्दा बढी फाइनान्स र हाइड्रोपावर तथा निर्जीवन बिमा समूहहरु सबैभन्दा बढी वृद्धि भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV