८ कार्तिक २०७८, सोमबार

काठमाडौं । मोडल एवं अभनेता पल शाहले गायिका समिक्षा अधिकारीसँगको सम्बन्धको विषयमा सार्वजनिक भएको गलत समाचारले आफूलाई दुःखी बनाएको बताएका छन् ।

अभिनेता शाहले सोमबार सामाजिक सञ्जालमार्फत् गायिका समिक्षा र आफ्नो सम्बन्धको विषयमा सार्वजनिक भएका समाचारले आफ्नो परिवार र आफूलाई माया गर्ने दर्शक नै दुःखी भएका महसुश आफूले गरेको उल्लेख गरेका हुन् ।

उनले भनेका छन्, ‘विगत केही दिनदेखि मेरो र गायिका समिक्षा अधिकारीको विषयमा आइरहेका समाचारबाट म लगायत मेरो परिवार अनि मलाई माया गर्नुहुने सिङ्गो दर्शक दीर्घ नै दुःखी बनेको महसुस हामीले गरेका छौं । जुनसुकै क्षेत्रमा काम गर्दा पनि केही ब्यक्ती समूह कही न कही कुनै न कुनै प्रकारले नजिक हुनेगर्छ, यो हामी सबैलाई थाहा भएकै कुरा हो ।’

अभिनेता शाहले थप भनेका छन्, ‘मेरो पेशा र विधाका कारण म धेरै मान्छेहरुसँग सहकार्य गर्नुपर्ने हुन्छ । र म सँग जोडिनु हुने मेरा अग्रज, अनुज र सहकर्मीहरुमाझ मैले सदैव आफूलाई सहज र सहयोगी तवरले प्रस्तुत गरिरहेको हुन्छु । अरु कलाकारहरुसँग जस्तै र अरुले जस्तै साङ्गितिक सहकार्य गायिका समिक्षा अधिकारीसँग पनि भएको कुरा यहाँहरुलाई विदितै छ ।’

त्यस्तै उनले हुँदै नभएका, गर्दै नगरिएका, बिना आधारका कुराहरुलाई गसिप बनाएर एउटा कालाकार र उसको व्यक्तिगत जीवनमाथि आँच आउने किसिमले लेखिएका झुटा समाचारहरुले आफूलाई अत्यन्तै दुःखी बनाएको बताएका छन् । कसैको व्यक्तिगत प्रतिष्ठा र चरित्र हत्या हुने गरी समाचार सम्प्रेसन नगर्नका लागि पनि उनले सम्पूर्ण मिडियाकर्मीहरुलाई अनुरोध पनि गरेका छन् ।

उनले भनेका छन्, ‘मैले सँधै दर्शक–श्रोता मेरो घर अनि मिडियालाई आफ्नो परिवार मानेको छु, र सदैव मानिरहने छु । यही घर परिवारको माया, आशिर्वाद र शुभेच्छाको कारणले गर्दा नै म यहासम्म आइपुगेको छु । मैले जानेर नजानेर कसैको चित्त दुखाएको छु भने म यसै पोस्टमार्फत् हार्दिक माफी माग्द्छु ।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV