८ कार्तिक २०७८, सोमबार

एजेन्सी । आर्यन खान ड्रग्स केसका स्वतन्त्र साक्षी प्रभाकर सेलले सोमबार मुम्बईका पुलिस आयुक्त हेमन्त नागरालेलाई भेटेका छन्।

प्रभाकरले लागुऔषध नियन्त्रण ब्यूरोका डिभिजनल निर्देशकले आर्यन खानलाई रिहा गर्न २५ करोड माग गरेकाे  भन्ने अभिव्यक्ति दिएकाे भाेलिपल्ट मुम्बईका पुलिस आयुक्त हेमन्त नागरालेलाई भेटेका हुन् ।

आइतबार सञ्चारकर्मीलाई दिएको अन्तर्वार्तामा उनले लागुऔषध नियन्त्रण ब्यूरोका डिभिजनल निर्देशक समिर वानखेडेमाथि गम्भीर आरोप लगाएका थिए । तर, वानखेडेले यी आरोपहरुको खण्डन गरेका थिए।

सोमबार प्रभाकरले उनै  मुम्बई पुलिस आयुक्तलाई भेटेका छन् ।

सम्भवतः उनले सोही विषयमा थप जानकारी दिएको विश्वास गरिएको छ। मुम्बई प्रहरीले प्रभाकरमाथि लगाएको भ्रष्टाचारको आरोपको अनुसन्धान गर्न सक्ने अनुमान गरिएको छ ।

अब सबैको नजर प्रभाकर साईको आरोपमा रहेको छ साथै, मुम्बइ पुलिसले प्रभाकरले लगाएको भ्रष्टाचार आरोपको छानबिन गर्न सक्ने अनुमान गरिएको छ ।

यसैबीच, शिवसेनाका सांसद र पार्टीको मुखपत्र सामनाका सम्पादक संजय राउतले एक ट्वीटमा भनेका छन्- पर्ख र हेर।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV