८ कार्तिक २०७८, सोमबार

एजेन्सी । सुडानमा सेनाले देशका प्रधानमन्त्री र अन्तरिम सरकारका मन्त्रीहरुसहित कैयौं सदस्यहरुलाई आज बिहानै गिरफ्तार गरेको छ ।

सुडानको सूचना मन्त्रालयले पक्राउ परेकाहरुलाई रिहा गर्न र सत्ता कब्जा गर्ने प्रयास रोक्न आग्रह समेत गरेको छ।

सेनाले देशको सरकारी टिभी र रेडियो मुख्यालयलाई आफ्नो कब्जामा लिएको छ । सुडानको सूचना मन्त्रालयले आफ्नो फेसबुक पेजमा यो जानकारी दिँदै सेनाले एक कर्मचारीलाई गिरफ्तार पनि गरेको बताएको छ ।

अर्कोतर्फ सुडानका प्रधानमन्त्रीका एक सल्लाहकारले अल(अरेबिया च्यानललाई अमेरिकी विशेष प्रतिनिधिको उपस्थितिमा सत्तारुढ परिषद्सँगको सहमतिमा कू भएको बताएका छन् ।

सूचना मन्त्रालयले समाचार एजेन्सी रोयटर्सलाई, ूदेश पूर्ण सैन्य कूको सामना गरिरहेको, आफुहरु जनतालाई सेनाको हस्तक्षेप रोक्न अपील गरिरहेको बताएको छ ।

२ वर्ष पहिले सुडानमा ३० वर्षदेखि राज गरिरहेको ओमर अल बशीरलाई सत्ताबाट हटाएपछि एक अन्तरिम सरकार अस्तित्वमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV