८ कार्तिक २०७८, सोमबार

काठमाडौँ । जानकारीबिनै कामबाट निकालेको भन्दै पशुपति क्षेत्र विकास कोषका कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।

कोष अन्तर्गत रहेका ६६ जना अस्थायी, करार र ज्यालादारी सेवामा रहेका कर्मचारी जानकारी नै निदईि निष्कासन गरिएको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।

साउन १ गतेदेखि आफूहरुलाई कामबाट निकालिएको भन्दै उनीहरुले पशुपति विकास कोष अगाडि धर्ना दिइरहेका छन्।

व्यवस्थापकबाट कुनै पनि सूचना नदिई नियमित काममा हाजिर गर्न बञ्चित गरिएको भन्दै नेपाल सुरक्षा श्रमिक ट्रेड युनियनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई ज्ञापन पत्र पेश गरेको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV