८ कार्तिक २०७८, सोमबार

फिदिम । पाँचथरमा भएको बस दुर्घटनामा २ जनाको मृत्यु भएको छ । सोमबार बिहान दमक फिदिम चल्ने को १ ख ३८६५ नम्वरको बस अन्यन्त्रित भई दुर्घटना हुँदा ६३ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा एक महिला र एक बालक रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । २ को मृत्यु भइसकेको भएपनि सनाखत भने भइनसकेको पाँचथर प्रहरीले जनाएको छ ।

त्यसतैगरी घाइतेमध्ये १४ जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । ४४ सिट क्षमता भएका बसमा ६० भन्दा बढी सवार भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।

घाइतेहरुको हाल फिदिमका विभिनन अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । पहाडी राजमार्ग अन्तर्गत पर्ने सरखण्डे सडकखण्डमा बस दुर्घटनामा परेको हो । बसले निवुखोलाबाट यात्रु भरेर झापा हिडेको थियो ।

बस सडकको माथिल्लो गोलाइबाट करिब ५० मिटर तल अर्को गोलाईमा झरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV