८ कार्तिक २०७८, सोमबार

काठमाडौं । यु-२३ एसियन कप क्वालिफायरमा अन्तर्गत नेपालले आज इरानसँग खेल्ने भएको छ । नेपाली समय अनुसार ताजिकिस्तानको राष्ट्रिय रङ्गशालामा अपरान्ह ४:४५ बाट खेल हुनेछ ।

नेपालले समुहमा बी मा रहेको नेपालले इरान, ताजिकिस्तान र लेवनानसँग खेल्नुपर्नेछ । सो अन्तर्गत नै नेपालको यो पहिलो प्रतिस्पर्धा रहेको छ । नेपालले भर्खरै इन्डोनेशियाको यू–२३ टोलीसँग मैत्रीपूर्ण खेल खेलेको थियो ।

जसमा जुन खेलमा नेपाल २–० ले पराजित भएको थियो । नेपालको यु-२३ टोली २ महिनाको प्रशिक्षणपछि ताजिकिस्तान पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV