८ कार्तिक २०७८, सोमबार

काठमाडौं । चीनमा फेरि कोरोना भाइरसको संक्रमण फैलिन थालेको छ । चीनमा कोरोनाको डेल्टा भेरियन्ट फैलिएको आशंका गरिएको छ ।

भाइरस फेरि देखिन थालेसँगै संक्रमितको संख्या समेत बढ्न सक्ने अधिकारीहरूले बताएका छन् ।

चीनको सरकारी अखबार ग्लोबल टाइम्सले पछिल्लो एक सातामा चीनका ११ प्रान्तमा कोरोना फैलिएको जनाएको छ ।

राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारी वु लियाङवुले आइतबार दिएको जानकारीका अनुसार अक्टोबर १७ देखि संक्रमण लहर ११ प्रान्तमा फैलिएको छ ।

अन्तरक्षेत्रीय यात्राका कारण संक्रमण फैलिएको मीले बताएका छन् । मीले महामारीबाट प्रभावित स्थानमा ‘आपतकालीन उपाय’ अपनाउनुपर्ने अपिल समेत गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV