८ कार्तिक २०७८, सोमबार
  • सन्तोश पौडेल

खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले जुवातास खेलिरहेको अवस्थामा दिक्तेलबाट पाँच जनालाई पक्राउ गरेको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित हस्पिटलचौकमा हरि जोशीको घरमा भाडा लिई कोठा बसेका हिराधन राईसहित पाँच जनालाई सोमबार बिहान पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– ६ नेर्पाका ३३ वर्षीय बसन्त राई, ३८ वर्षीय टिकाराम राई, साकेला गाउँपालिका–५ मात्तिमका २७ वर्षीय हिराधन राई, २२ वर्षीय सौरभ गुरुङ र उदयपुर घर भई दिक्तेल बस्ने २४ वर्षीय खोमबहादुर मगर रहेका छन् ।

उनिहरुको साथबाट रु ७१ हजार २० रुपैयाँ र एक बुम ताससमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले बताउनुभयो ।

जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले हिराधनको कोठाबाट उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका पाँचै जनालाई जुवा कसुर अन्तरगत मुद्धा दर्ता गराउन जिल्ला प्रशासन कार्यालय पठाइएको प्रमुख प्रहरी नायब उपरीक्षक लम्सालले बताउनुभयो ।

यस्तै, जिल्ला प्रहरी कार्यालयले चाडवार्ड लक्षित सूरक्षा योजना बनाएको छ । चार्ड पर्वको समयमा हुन सक्ने आपराधिक क्रियाकलाप रोक्नका लागि प्रहरीले रातको समयमा जिल्लााका विभिन्न स्थानमा प्रहरी गस्ति टोली परिचालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV