८ कार्तिक २०७८, सोमबार
  • सन्तोश पौडेल

खोटाङ । खोटाङमा दिसा बस्न गएका एक पुरुषको भीरबाट लडेर मृत्यु भएको छ । धरान नगरपालिका-१५ भै हाल हङकङ बसोबास गर्दै आएका ५३ वर्षीय किशन राईको मृत्यु भएको हो । उनी हङकङबाट घुमघाममा यता आएका हुन् ।

आइतबार साँझ साढेँ पाँच बजेको समयमा भोजपुर जाने क्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-८ दोर्पास्थित पंखु खोलामा गाडीबाट ओर्ली दिसा बस्न जाने क्रममा सडकबाट दुई सय मिटर तल खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर साहले बताउनुभयो ।

प्रहरी निरीक्षक साहका अनुसार मृतक राई काठमाडाैँ नागार्जुन नगरपालिका-२ बस्ने सशस्त्र प्रहरी बलका पूर्व एसपी प्रेम श्रेष्ठसँगै घुम्नका लागि खाेटाङ आएका थिए । मृतक राईको शव आइतबार राति नै जिल्ला अस्पतालमा ल्याइएको जनाईएको छ ।

राईको शव आफन्त आइसकेपछि जिम्मा लगाइने प्रहरीले जनाएको छ । मृतक राईका आफ्न्तलाई सम्पर्क गरि धरानबाट आफन्त  दिक्तेल आउँदै गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV