८ कार्तिक २०७८, सोमबार
  • नन्द महर्जन

काठमाडौँ । नेपाल संवत् ११४२ को अवसर पारी ललितपुरको थेचोमा मण्डला प्रतियोगिता हुने भएकाे छ । हरेक वर्ष नेपाल संवतकाे उपलक्ष्यमा आयोजना हुने मण्डला प्रतियोगिताले यस पटक पनि निरन्तरता पाउने भएकाे हाे । तेस्राे ललितपुर जिल्लाव्यापी रनिङ शिल्ड मन्दः (मण्डला) प्रतियाेगिता यही कार्तिक १९ गते शुक्रबार हुनेछ ।

गाेदावरी नगरपालिकास्थित वडा नं १२ (साविक ठेचाे वडा नं ५) मा हुने उक्त प्रतियाेगिता बिहान ९ बजेदेखि ३ बजेसम्म चल्ने आयोजक झिझिः पुचःले जनाएकाे छ ।

प्रतियाेगितामा ललितपुरका सबै क्षेत्रबाट चयन भएका टिमहरूकाे सहभागिता रहने जनाइएकाे छ । सहभागीले मौलिकता झल्किने मण्डला बनाउने र उत्कृष्ट पहिलाे, दाेस्राे, तेस्राेलाइ पुरस्कार दिइनेछ । प्रथम हुनेले २५ हजार नगदसहित शिल्ड र दाेस्राे तथा तेस्राे हुनेले क्रमशः १५ हजार र १० हजार नगद सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् ।

झिझिः पुचःले यस प्रतियोगिताले साँस्कृतिक पक्षलाई अझ जीवन्त बनाउन सहयोग गर्ने बताएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV