८ कार्तिक २०७८, सोमबार

एजेन्सी । इटालियन सिरी ‘ए’ मा इन्टर मिलान र युभेन्ट्स बराबरी खेलेका छन् । गएराति भएको खेलमा इन्टर मिलान र युभेन्ट्स १-१ को बराबरीमा रोकिएको हो ।

इन्टर मिलानले सुरुवाती अग्रता लिएपनि अन्तिम समयसम्म जोगाउन सकेन । खेलको अन्तिम समयमा पाउलो डिबालाले पेनाल्टीमार्फत गोल गरेपछि युभेन्ट्स हारबाट जोगिएको हो ।

इन्टर मिलानले खेलको १७औं मिनेटमा इडेन जेकोको गोलबाट अग्रता लिएको थियो । खेलको ८९ औँ मिनेटमा डिबालाले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए ।

यो बराबरीपछि इन्टर ९ खेलबाट १८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । युभेन्ट्स १५ अंक जोडेर छैटौ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV