७ कार्तिक २०७८, आईतवार

काठमाडौं । टी–२० विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको भारतीय टोलीले पाकिस्तानलाई १ सय ५२ रनको लक्ष्य दिएको छ । भारतीय टोलीले ७ विकेट गुमाएर १५१ रन बनाएको थियो ।

पाकिस्तानले टस जितेर भारतलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । प्रारम्भिक असफलतापछि कप्तान विराट कोहलीले ठूलो भूमिका खेले, जसले अर्धशतक बनाए।

टस हारेर ब्याटिङ गर्न आएका भारतीय टिमलाई सुरुमा झट्का लाग्यो। केएल राहुल र रोहित शर्माको ओपनिङ जोडी पहिलो ओभरमै बिग्रियो ।

पहिलो ओभरको चौथो बलमा शाहिन शाह अफ्रिदीले भारतलाई ठूलो झटका दिए, रोहित शर्मा शून्यको व्यक्तिगत स्कोरमा एलबीडब्ल्यू आउट भए। त्यतिबेला भारतीय टोलीको स्कोर १ रन थियो जुन केएल राहुलले लिएका थिए ।

भारतले पहिलो ओभरमा २ रन मात्र बनायो र एक विकेट गुमायो। क्रिजमा केएल राहुल र कप्तान विराट कोहलीको जोडी थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV