७ कार्तिक २०७८, आईतवार

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी १६ औँ जी–२० शिखर सम्मेलन र विश्व नेताहरूको शिखर सम्मेलनमा भाग लिन अक्टोबर २९ देखि नोभेम्बर २ सम्म रोम, इटली, ग्लासगो र बेलायत जाँदै हुनुहुन्छ ।

विदेश मन्त्रालयले दिएको जानकारीअनुसार इटलीका प्रधानमन्त्री मारियो द्राघीको निमन्त्रणामा प्रधानमन्त्री मोदी यही अक्टोबर ३०–३१ सम्म रोममा हुनुहुनेछ ।

शिखर सम्मेलनमा जी–२० सदस्य देशहरू, युरोपेली सङ्घ, र अन्य आमन्त्रित देशहरू र अन्तर्राष्ट्रिय संस्थाहरूका राष्ट्राध्यक्ष÷सरकार प्रमुखहरू पनि सहभागी हुनुहुनेछ ।

जी–२० अन्तरराष्ट्रिय आर्थिक सहयोगका लागि प्रमुख ग्लोबल फोरमको रूपमा उभिएको छ । भारतले २०२३ मा पहिलो पटक जी–२० शिखर सम्मेलनको आयोजना गर्ने भएको छ ।

इटालियन प्रेसिडेंसीअन्तर्गत आगामी शिखर सम्मेलन ’जनता, पृथ्वी, समृद्धि’ विषयको वरिपरि केन्द्रित रहनेछ । महामारीबाट उन्मुक्ति र विश्वव्यापी स्वास्थ्य व्यवस्थाको सुदृढीकरण, आर्थिक पुनरोत्थान र जलवायु परिवर्तन र ऊर्जा सङ्क्रमण, र दिगो विकास, खाद्य सुरक्षालगायत विषयमा यो सम्मेलनले गम्भीर छलफल गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV