७ कार्तिक २०७८, आईतवार

दुबई । श्रीलकाले बंगलादेशमाथि रोमाञ्चक जित हात पार्दै आइसीसी टी २० विश्वकपमा विजय अभियान सुरु गरेको छ । आइतबार भएको खेलमा श्रीलंकाले दक्षिण एसियाली प्रतिद्धन्द्धी बंगलादेशलाई ५ विकेटले हराएको हो ।

टस गुमाएर पहिलो ब्याटिङको निम्तो पाएको बंगलादेशले २० ओभरमा चार विकेट गुमाउँदै एक सय ७१ रन बनाएको थियो ।

आशलाग्दो सुरुवात गरेको बंगलादेश लिटोन दास ९ १६ ० र सकिब अल हसन (१०) ले पहिलो विकेटको लागि ४० रनको साझेदारी गरेर श्रीलंकालाई चुनौती दिएका थिए ।

५६ रनमा दोस्रो विकेटकोरुपमा हसनलाई गुमाएको बंगलादेशले तेस्रो विकेटका लागि पनि ७३ रनको साझेदारी गरेको थियो । । यस्का लागि मोहम्मदले ६२ रनको योगदान गर्दा मुस्फिकुर रहिमले ५७ रनको गतिलो भुमिका निभाए ।

जवाफमा श्रीलंकाले १८ ओभरमा पाँच बल खेलेर पाँच विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । कमजोर सुरुवात गरेको श्रीलंकाले मात्र दुई रन हुँदा पहिलो विकेटकोरुपमा उस्का प्रारम्भिक व्याट्सम्यान कुशल परेरालाई गुमाएको थियो ।

दोस्रो विकेटका लागि पथुम निसांका र चरित असालांकाले ६९ रनको साझेदारी गर्दैै टिमको श्रीलंकालाई बलियो अवस्थातर्फ लगेका थिए । तर यसपछि श्रीलंकाको दुर्गती हुँदा एक समय उस्ले हारको सम्भावनालाई पछ्याएको थियो । श्रीलंकाले दुई विकेट सस्तैमा गुमाएसंगै ७९ रन जोड्दा चार विकेट गुमाइ सकेको थियो ।

तर भानुका राजापाक्ष र असालांकाले उत्कृष्ट साझेदारी गर्दै टिमलाई जित दिलाए । जसमा असालांकाले ८० रन बनाउँदा भानुकाले ५३ रनको योगदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV