७ कार्तिक २०७८, आईतवार
  • ज्योतिकुमार पन्थि

बर्दिया । बर्दियाको गुलरिया नगरपालिका वडा नं ३ स्थित मधेशी समुदायको महिलाहरुले मनाउने करुवा चौथ पर्वको लागि उपहारस्वरूप करूवा वितरण गरिएको छ ।

करुवा चौथको व्रत बस्ने मधेशी समुदायका महिलाहरुको लागि चोखो जल अर्पण गर्नका लागि करिव एक हजार घरधुरिलाई पूजाको समयमा आश्यक पर्ने करूवा भाँडा वितरण गरिएको वडाध्यक्ष राजकुमार यादवले बताए ।

करुवा चौध मधेशी समुदायका महिलाहरुले श्रीमानको दिर्घायुको कामना गर्दै दिनभरी पानी नपिई बस्ने व्र्र्रत हो ।

दिनभरी व्र्र्रत बसेर चन्द्रमा उदाएपछि चन्द्रको पूजा गर्ने चलन रहेको छ । पूजा गर्ने बेलामा नयाँ चोखो कपडा लगाएर पूजा गर्ने परम्परा रहेको छ । मधेशी समुदायका महिलाहरु करुवा चौथमा पानी समेत नखाएर व्रत गरी पूजा गरेपश्चात खाना खाने चलन छ ।

बिशेषगरी मधेशी समुदायका महिलाहरूले मनाउँदै आएको करूवा चौथ व्रतका लागि चोखो जल अर्पण गर्न गुलरिया नगरपालिकाका एक हजार घर धुरिलाई करूवा वितरण गरिएको गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV